नियम
कोषको व्यवस्थापन तथा सञ्चालन

७. कोषको व्यवस्थापन तथा सञ्चालनः

(१) कोषको रकम समितिबाट नेपाल राष्ट्र बैड्ढ वा नेपालभित्रका अन्य कुनै वाणिज्य बैड्ढमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाता समितिको सदस्य–सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख लेखा अधिकृत वा लेखा अधिकृतको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ ।